Public Pana
सदन आन्दोलनसँगै सडक आन्दोलन समेत चर्काउदै कंग्रेस, काठमाण्डौमा आज सहकारी ठगविरुद्ध प्रर्दशन गर्ने

नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ ।
अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो । 
कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दै छ । 
काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन् । 
कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् । उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update