Public Pana
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना

 हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । 
स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ । 
सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भैरहेको छ । सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ ।  चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । जनकपुरका चिकित्सकले अहिले काठमाण्डौंका चिकित्सकसँग परामर्श गरि सिरोहियाको उपचार तथा परीक्षण गरिरहेका छन् । एक चिकित्कसले भने उहाँको केही रिपोर्ट आउन बाँकी छ, अवस्था थप बिग्रिने अवस्था आए तत्काल काठमाण्डौं रिफर गर्नुपर्ने हुन्छ । हामीले केही परिक्षणको रिपोर्ट कुरेका छौ, थप रिपोर्ट हेरेर उहाँलाई राजधानीको सुविधासम्पन्न अस्प्ताललमा तत्काल रिफर गर्नुपर्ने हुन सक्छ । 

उच्च रक्तचाप र मधुमेह सहित विभिन्न स्वस्थ्य समस्याबाट ग्रसित सिरोहियालाई काठमाण्डौंमा थप उपचारका लागि ल्याउनुपर्ने परिवारले माग गरेका छन् । यद्यपी प्रशासनले खासै चासो नदेखाएको परिवारले दुखेसो गरेका छन् । सिरोहियाको उपचारमा संलग्न जनकपुरका चिकित्सकले भने उहाँलाई तत्काल काठमाण्डौ लैजानु राम्रो हुन्छ, यहाँ पर्याप्त स्रोत साधनको अभावमा उहाँको उपचार पुर्ण नभुन सक्छ त्यसकारण उहाँलाई काठमाण्डौ लैजान हामीले सुझाव दिने तयारी गरेका छौ । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update