Public Pana
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

 नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक आज बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ । 
नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update