Public Pana
कान्तिपुरका अध्यक्ष सिरोहिया प्रहरी नियन्त्रणमा

 कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो । 

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

कान्तिपुरको न्युजरुममा आफ्नो भनाई राखेर सिरोहिया प्रहरी हिरासतमा जानेछन् । सिरोहियालाई पक्राउ गर्न लागेको बिरोधमा प्रमुख बिपक्षी दल कंग्रेससहित विभिन्न क्षेत्रबाट बिरोध भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update