नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए ।
बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।
नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:०८
प्रतिक्रिया दिनुहोस्