कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिदै मुल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको विर्सेको टिप्पणी गरे ।
लेखकले संसदमा भएको गतिबिधि संसदीय मुल्य र मान्यता विपरित भएको बताउदै आफुहरु यसको विरुद्ध लड्ने बताए । उनले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १८:३४
प्रतिक्रिया दिनुहोस्