Public Pana
म विरुद्ध बिरोधी तत्वले भ्रामक समाचार दिएर चरित्र हत्या गर्ने प्रयास गरे :शहरी विकासमन्त्री बुढा

शहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो चरित्र हत्या गर्ने ढंगले केही संचार माध्यामले भ्रामक सचार प्रकाशन गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा एकीकृत समाजवादी पाटीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री बुढाले आफु कर्णालीको विकट जिल्ला डोल्पाबाट निर्वाचित भएर संघीय सांसदको रुपमा आएको र पार्टीको सर्वसम्मत निर्णयको आधारमा मन्त्रिपरिषदमा सहभागी भएको भन्दै सर्वसाधरणमा भ्रम तथा अपवाह फैलाउने ढंगबाट नियोजित रुपमा  केही संचारमाध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मन्त्री बुढाका स्वकीय सचिव कमल बहादुर रोकायद्धारा जारी विज्ञप्तीमा भनिएको छ, म नेकपा एकीकृत समाजवादी पार्टीको एक बफादार तथा इमान्दार सिपाही हु र यस पार्टीको निर्णय र निर्देशन इमान्दारीका साथ पुरा गर्न दृढ छु, मलाई पार्टीले पुर्णरुपमा विश्वास गरी मन्त्री पदको जिम्मेवारीमा पठाएको र म यो देशको जिम्मेवार नागरिकका साथै यस पार्टीको जिम्मेवार नेता र कर्णालीको एउटा विकट जिल्ला डोल्पाबाट प्रतिनिधीत्व गर्ने संघीय सांसद भएको नाताले मैले आफ्नो जिम्मेवारी पुर्णरुपमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

उनले भनेका छन्, मेरा वारेमा कतिपय व्यक्तिहरुले अनर्गल प्रचार गरिरहेकाले त्यस्ता आधारहिन र भ्रमपुर्ण  समाचारप्रति मेरो गम्भीर आपत्ति छ । मेरो विरुद्धमा संचार माध्यामा आएका मनगढन्ते कुराहरुबाट भ्रममा नपर्न आम जनतामा आग्रह गर्न चाहन्छु ।

मन्त्री बुढाले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने ढंगले विभिन्न संचार माध्याममा प्रकाशित यस्ता समाचारबाट कुनैपनि प्रकारको भ्रममा नपर्न र आम पाठकलाई भ्रमित गर्ने ढंगबाट आगामी दिनमा यस्ता समाचार प्रकाशित नगर्न समेत सम्बद्ध सवैमा हार्दिक अनुरोध गरेका छन् ।

बिज्ञप्तीमा भनिएको छ, मलाई मेरो पार्टीका नेता कार्यकर्ता, कसैले पनि आर्थिक रुपमा दवाव नदिएको समेत स्पष्ट पार्न चाहन्छु, नेपाल सरकारको जिम्मेवार मन्त्रि पदमा रहेको र मैले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्दै आएको छु, म दुई पटकसम्म जिल्ला विकास समिति डोल्पाको सभापति भइसकेको र जिल्लाबाट ३ पटक प्रतिनिधी सभा सांसदका रुपमा प्रत्यक्ष निर्वाचित भएको र संघीय सरकारमा नागरिक उड्यन तथा पर्यटन राज्यमन्त्री भएर समेत  मैले थुप्रै अनुभव हासिल गरेको समेत स स्मरण गराउन चाहन्छु ।

तसर्थ पार्टीले दिएको जिम्मेवारी अनुसार सरकारमा रहेर देश र जनताको हितका लागि अव्वल रुपमा कार्यसम्पादन पुरा गर्न म सदैव सक्षम छु ।

मन्त्री बुढाका स्वकीय सचिव बुढाले जारी गरेको बिज्ञप्तीको पुर्ण अंश यसप्रकार छ । 

Dhan-BD-budha-Khandan-1716175203.jpeg

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update