Public Pana
इरानी राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटनाग्रस्त, अवस्था अज्ञात

इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर उत्तरी क्षेत्रको भ्रमण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको र उनको अवस्था अहिले अज्ञात रहेको इरानी सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।
अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर कठिनाईपुर्वक ल्याण्ड गरिएको भनेपनि अवस्था स्पष्ट हुन सकेको छैन । समाचार एजेन्जीहरुले हेलिकप्टर दुर्घटनापछि २० जनाको उद्धारकर्ताको टोली घटनास्थलतर्फ पठाइएको इरानी सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ ।
राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए, जसमा दुईवटा हेलिकप्टरमा मन्त्री र अधिकारीहरू सवार थिए जो सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ ।राष्ट्रपति र बिदेशमन्त्री सवार हेलिकप्टर दुर्घटनामा परेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भएको नभएकोवारे खुल्न नसकेपछि उद्धारकर्ता पुगेपछि मात्र घटनावारे थाह हुने विदेशी संचार माध्यामहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update