Public Pana
अशोक पक्षका सांसदलाई विश्वासको मत प्रक्रियामा नराख्न सभामुखलाई उपेन्द्रको निवेदन

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई पक्षका ७ जना सांसदलाई विश्वासको मत दिनबाट रोक्न सभामुख देवराज घिमिरेसमक्ष पनि निवेदन दिएका छन्। 

उनले सभामुखलाई पठाएको निवेदन आइतबार संघीय संसद् सचिवालयमा दर्ता भएको छ। यसअघि उनले सर्वोच्च अदालतमा पनि सोही व्यहोराको रिट निवेदन दर्ता गराइसकेका छन्। उक्त रिटको सुनुवाइका लागि सोमबार नै पेसी तोकिएको छ। 

सभामुखलाई पठाएको पत्रमार्फत उनले सांसदहरू अशोककुमार राई, नवलकिशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशीला श्रेष्ठलाई विश्वासको मतको प्रक्रियामा सामेल नगराउन अनुरोध गरेका छन्। 

 

कुनै दलको तर्फबाट निर्वाचित भएको जनप्रतिनिधिले पदावधि कामय रहेसम्म दल त्याग गर्न नपाउने कानूनी प्रावधान रहेको विषय निवेदनमा उल्लेख गर्दै यादवले विश्वासको मतको कार्यमा रोक्न उनले भनेका छन्। 

जसपा विभाजन भएर यादव नेतृत्वको समूहले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update