Public Pana
रबिको सम्बोधन सकिएपछि प्रतिनिधिसभा बैठक स्थगित, काग्रेसले समय पाएन

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो।  

यसअघि रविलाई संसद्मा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो। कांग्रेसले रविको कुरा सुन्ने निर्णय गरेसँगै आइतबारको बैठकमा रविले आफ्नो कुरा राखेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update