Public Pana
जसपा अध्यक्ष यादवले सर्वोच्चमा हाले अर्काे रिट,  विश्वासको मतमा ७ सांसदलाई सहभागी नगराउन माग

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छोडेर गएका ७ जना सांसदलाई विश्वास मत दिने प्रक्रियामा सहभागी नगराउन माग गर्दे सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 
अध्यक्ष यादवको तर्फबाट आइतबार एक अधिवक्ताले जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दर्ता गराएका हुन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले भोली सोमवारको प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेका छन्। यसका लागि संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर प्रधानमन्त्री कार्यालयले पत्राचार समेत गरिसकेको छ । 

दाहाल नेतृत्वको वर्तमान सरकारलाई यादव नेतृत्वको  जसपा नेपालको समर्थन थियो । उक्त पार्टी विभाजन भई हाल ७ जना सांसदको सरकारलाई समर्थन भएपछि अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्।

जसपा अध्यक्ष यादवले यसअघि पनि विभाजित पार्टीलाई मान्यता नदिन माग गर्दे दायर गरेको रिटमा सर्वोच्चले अन्तरकालिन आदेश जारी गरिसकेको छ । 
गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई छलफलका लागि बोलाएको थियो। जेठ ८ गते छलफलमा आउन भनिएको थियो। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update