तनहुँमा पौडी खेल्ने क्रममा २० बर्षका दुई युवाको डुवेर मृत्यु
तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा आज डुबेर दुई युवकको ज्यान गएको छ ।
बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ।
६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटना प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ १९:३६
प्रतिक्रिया दिनुहोस्