Public Pana
सहकारी प्रकरणमा छानविन समिति बनाउन सरकार र कग्रेसबीच सहमति, व्यक्ति लक्षित नहुने

सहकारी समस्यावारे छानविन गर्न छानविन समिति गठनका लागि सत्तारुढ दल तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार  प्रमुख दलका शिर्ष नेताहरुबीच भएको छलफलमा सहकारी समस्यावारे छानविन समिति गठन गर्ने बिषयमा प्रमुख विपक्षी दल कंग्रेससँग् सहमति जुटेको नेताहरुले बताएका  छन् ।

यद्यपी गृहमन्त्री रबी लामिछाने लक्षित नभई समग्र समस्याग्रस्त सहकारीवारे छानविन समिति गठन गरेर समाधान खोज्ने बिषयमा कंग्रेससँग सहमति भएको सत्ता गठबन्धनका एक नेताले दावी गरे ।  
छलफलमा 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । 


प्रधानमन्त्रीले यसअघि आजै बिहान कांग्रेसका नेताहरूसँग छलफल गरेर सहकारी प्रकरणमा संसदीय समिति बनाउन सहमति जनाएका थिए । 


सहकारीको रकम हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय छानबिन समिति माग गर्दै आएको छ । सहकारी ठगिमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीविरुद्ध पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ । 
 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update