Public Pana
तराईमा आज गर्मी थप बढ्ने, सर्तकता अपनाउन सुझाव

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

तराईमा आज पनि बर्षा हुने सम्भावना कम रहेकाले तापक्रम अझै बढ्न गई अधिक गर्मी हुने भौषमविद्हरुले बताएका छन् । तराईका अधिकासं जिल्लामा आज ४० डिग्री भन्दा माथी तापक्रम रहने भएकाले तातो हावाको कारण लु चल्ने सम्भावना छ । अत्याधिक गर्मीका कारण लु चल्दा जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्तकता अपनाउन मौसमविद्हरुको सुझाव छ । 


आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update