Public Pana
कांग्रेसले असंसदीय व्यवहार गर्यो- एमाले

 नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।

उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिडिरहेको आरोप लगाए ।

उनले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबि गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update