Public Pana
प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

 प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएय्को थियो । सांसदहरुबीच धकेला धकेल हुदा संसदमा  तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।

नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ ।

यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update