Public Pana
भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानसेनापति शर्माबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासंँग भेटबार्ता गरेका छन् ।  

सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुख बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिलाई भेट्नुअघि पाण्डेले टुँडिखेल स्थित सैनिक मञ्चमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानसेनापति सँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो । 

 सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो समारोह शीतल निवासमा हुनेछ ।

नेपाल र भारतबीच १९५१ देखी एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सैनिक प्रमुखको दर्जा प्रदान गर्ने चलन छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update