Public Pana
भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै

 

छिमेकि मुलुक भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै छ । भारतको राजधानी दिल्लीमा आज दिवसको अवसर पारेर  विशेष समारोहको आयोजना गरिदैछ । राजधानी दिल्लीको राजपथमा  ऐतिहासिक परेड निकालिदैछ । 

    कोरोना महामारीका कारण यस वर्षको दिवसका कार्यक्रमहरु फरक र विशेष हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।सन् १९५० जनवरी २६ मा संविधान जारी भएसँगै संघीय गणतन्त्रात्मक मुलुक बनेसँगै भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । भारत सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा औपचारिक कार्यक्रमको आयोजना गरिदैछ । कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको उपस्थिति हुनेछ ।यसअघि आज बिहान प्रधानमन्त्री मोदीले युद्धका क्रममा मारिएका सैनिक जवानलाई श्रद्धान्जलि अर्पण गर्न नेशनल वार म्युजियम पुगेका थिए ।राजपथमा हुने कार्यक्रममा भारतले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै देशका अलग–अलग क्षेत्रका संस्कृतिको झलक पनि देखाइने बताइएकाे छ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update