Public Pana
कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

 नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । 
कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ । 
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । 
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । 
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । 
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ । 
 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update