Public Pana
निवर्तमान मुख्यमन्त्रीले बर्तमान मुख्यमन्त्रीलाई हटाउन मागसहित सर्वोच्चमा दिए रिट

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा आफुलाई पुर्ववहाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 
बिहीबार दिउँसो मुख्यमन्त्री कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर  गरेकी हुन । 

नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही गर्न नदिन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारीमा फर्काउन परमादेशको मागसहित कार्कीले सर्वोच्चमा रिट हालेका हुन । 


कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्‍तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ। कार्कीविरुद्धको रिट दर्ता भएपनि सर्वोच्चले पेशीको मिति तय गरेको छैन । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update