Public Pana
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न आज अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउदै आएको छ ।
 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update