Public Pana
नयाँ शहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको शहरी विकासमन्त्री बुढाको दावी

शहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ शहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका भित्र रहेको ईशान कोण नयाँ सहर विस्तार आयोजनाको मंगवालवार निरीक्षण गर्दै मन्त्री बुढाले बजेट अभावका कारण शहर बिस्तारको कार्यक्रम अपेक्षा अनुसार अघि बढ्न नसकेपनि सरकारले व्यवस्थित शहरीकरणको अवधारणलाई बिशेष महत्वको रुपमा लिएको दावी गर्नुभयो।

सरकारले संघीय राजधानीमा मात्र नभई हिमाल, पहाडी र तराईका जिल्लामा समेत नयाँ शहर आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभयो ।

अहिलेसम्म सरकारले पहिचान गरिसकेका ५० बढी स्थानमा नयाँ शहर बनाउने योजनालाई आगामी बजेटमा समेत निरन्तरता दिइएको भन्दै सुविधा खोज्ने होडवाजीमा असन्तुलित बसाईसराईलाई रोक्न सरकारले देशैभर नयाँ शहरको अवधारणालाई महत्वका साथे हेरेको बताउनुभयो। mantri-buda-2-1715089622.jpeg
 

अनुगमनका क्रममा मन्त्री बुढाले नयाँ शहरको विस्तार गर्दा आवश्यक मापदण्ड र पुर्वाधार विकासको तालमेलमा बिशेष ध्यान दिन समेत आग्रह गर्नुभयो ।

उक्त निरीक्षण कार्यक्रममा भक्तपुर जिल्ला प्रदेश माननीय सुरेश श्रेष्ठ ,काठमाण्डौ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल ,सहसचिव नवराज प्याकुरेल,पूर्व प्रधानमन्त्री माधव कुमार नेपालका स्वकिय तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रवीण पौडेल ,कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री ,मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ,मन्त्री स्वकिय लोकेन्द्र राना लगायत तीन वटै नगरपालिकाको जन प्रतिनिधि साथै स्थानीयको उपस्थिति थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update