Public Pana
सिधा कुरा प्रकरण : सर्वोच्चले माग्यो अडियोमा नाम  लिइएका कान्तिपुरका सञ्चालकसहितकाे लिखित जवाफ

सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले नाम पोलिएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको हो । 

 

 

सर्वोच्चले अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ अधिवक्ता हरि उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोष्टका पत्रकार सुरेन्द्र काफ्लेलाई प्रतिवादीले दिएको बयानसहित पठाएर सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । यसअघि नविन ढुंगाना, युवराज कँडेल र राजकुमार तिमिल्सिनाको बयान सकिएको छ । 

अर्को पेसी जेठ ४ गतेका लागि तोकिएको छ ।

s

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update