Public Pana
केही घण्टाका लागि जापानी विदेशमन्त्रीको नेपाल भम्रण,द्धिपक्षीय हितमा थप सहयोग पुग्ने विश्वास

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा मध्यान्ह काठमाडौँ आइपुगेकी हुन् । केही घण्टाका लागि मात्र नेपाल भ्रमणमा आइपुगेकी उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।

उनले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
सन् २०१९ पछि जापानकातर्फबाट भएको यो सवैभन्दा उच्चस्तरिय भ्रमण हो ।

केही घण्टाका लागि मात्र जापानी विदेशमन्त्रीको भ्रमण भएपनि यो अवसरलाई द्धिपक्षीय हित र नेपाल जापानबीचको कुटनीतिक सम्बन्धलाई थप उचाई पु¥याउन सहयोग पुग्ने परराष्ट्र विज्ञहरुले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update