Public Pana
सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयबाट आत्तियो भारत, एकपक्षीय निर्णयको संज्ञा

सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ ।

भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ- 'मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।” 

गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्शाको तस्वीर राख्ने निर्णय गरको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update