Public Pana
सन्दीपको मुद्दामा आज  पेसी, पाउलान त सफाइ  ?

काठमाडौं  - क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् । 

जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update