Public Pana
माओवादीका २ जनाले लिए मधेश प्रदेशसभा सदस्यको शपथ

नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुवी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

उनीहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update