Public Pana
जापानका विदेशमन्त्री नेपाल आउदै

काठमाडौं-  श्रीलंकाको दुई दिने भ्रमण सकेर आज जापानका विदेशमन्त्री नेपाल आउने भएकी छन् ।

विदेशमन्त्री योको कामिकाबा आज नेपाल आउने भएकी हुन् । जापानबाट नेपाल आउने चौथो विदेशमन्त्रीको रुपमा उनी केही घण्टा नेपालमा आउने भएकी छन् । 

 

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा हुने ठोस सम्झौता तथा समझदारीहरु सार्वजनिक गरेको छैन । तर, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणमा जापानी विदेशमन्त्री नेपाल आउने सूचना परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परराष्ट्रको प्रेस विज्ञप्ती अनुसार जापानी विदेशमन्त्री योको कामिकाबाले प्रधानमन्त्री प्रचण्डदेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मलाई भेट्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update