Public Pana
डिभिको नतिजा सार्वजनिक, रिजल्ट हेर्ने आवेदकको भिडले सर्भरमै समस्या

अमेरिकी डाइभर्सिटी भिसा  डिभी २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपाल समय अनुसार शनिवार राती ९ बजेर ४५ मिनेटमा डिभिको नतिजा सार्वजनिक भएको छ ।

यद्यपी नतिजा हेर्ने आवेदनकर्ताको संख्या धेरै भएकाले दुतावासको डिभि रिजल्ट सर्भरमा समस्या देखिएको छ । सर्भरमा धेरै आवेदनकर्ताले नतिजा हेर्दा  साइटनै लोड हुन सकेको छैन । 

दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । 

दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ । 

सर्वसाधरण नेपालीका लागि डिभि कार्यत्रम अमेरिका प्रवेशका लागि सजिलो माध्यम भएकाले धेरैले आवेदन दिने गरेको पाइन्छ । कतिपयले डिभि कार्यक्रमलाई अमेरिकी लोकसेवा परीक्षा भन्दै सामाजिक संजालमा व्याग्य गरेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update