Public Pana
प्याजको निर्यातमा भारतीय प्रतिवन्ध हट्यो, अव नेपालमा पनि मुल्य सस्तो हुने

 भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।
भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।
यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ ।
सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।प्याजको निर्यातमाथीको प्रतिवन्ध हटेसँगै नेपालमा समेत प्याजको मुल्य घट्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update