Public Pana
बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच?

बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ५३ पैसा बढेको हो । यसअघि मंगलबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा थियो ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३७ पैसा पाइन्छ। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५२ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ कायम रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ। 
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ३० रुपैयाँ ५८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update