Public Pana
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली

 पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।  एमाले पश्चिम नवलपरासीको नवाँै जिल्ला अधिवेशनको आज  उद्घाटन सत्रमा उहाँले एमालेलाई  राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।  

उहाँले भन्नुभयो “मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ  । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ । ” यसैबीच अध्यक्ष ओलीले आज  पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गर्नुभएको छ । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गर्नुभएको हो । 

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गर्नुभएको थियो ।  सो अवसरमा उहाँले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गर्नुभयो । “तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update