Public Pana
उपनिर्वाचनमा लज्जास्पद हारपछि समिक्षा गर्न रास्वपाको वैठक बस्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। 

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। 

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update