Public Pana
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

 राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
“नेपालको संविधानको धारा ९३ ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज) को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ”,  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 
---

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update