Public Pana
राष्ट्रपति पौडेलले बुझे निर्वाचन आयोगको उपनिर्वाचन प्रतिवेदन

 निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

विहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् ।

निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

१५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । 

दुवै उपनिर्वाचनमा एमाले उम्मेदवार बिजयी भएका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update