Public Pana
लगानी सम्मेलनमा  पीडीए नहुने : लगानी बोर्ड

तेस्रो लगानी सम्मेलनमा गर्ने भनिएको परियोजना विकास सम्झौता (पीडीए) सम्झौता नहुने भएको छ । लगानी बोर्डले दुई दिने लगानी सम्मेलनमा चार वटा पीडीए गर्ने योजना तयार पारेको थियो ।

तर लगानी सम्मेलनमा गर्ने भनिएको पीडीएका लागि तयारी नसकिएकाले सम्झौता नहुने भएको हो ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आवश्यक तयारी नपुगेका कारण अन्तिम चरणमा कुनै पनि पीडीए नहुने भएको हो । उनले भने, हामीले सबैजसो तयारी गरेका थियौँ । तर, अन्तिम समयमा तयारी नपुगेर यसपटक गर्ने भनिएको पीडीए सम्झौता नहुने भएको हो ।

लगानी बोर्डले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी २, सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धित सम्झौता सम्मेलनका दौरान गर्ने तयारी गरेको थियो ।

यिनै विषयलाई लगानी सम्मेलनको सफलताकारुपमा प्रचार गर्ने बोर्डको तयारी थियो ।

तर, सम्मेलनमा सम्झौता नहुने भएसँगै खासै ठुलो उपलब्धि हासिल हुनेमा भने शङ्का देखिएको छ ।

यसअघि लगानी बोर्डले विकासकर्ता र लगानी बोर्डबिच ४ वटा आयोजनाको पीडीए हुने गरी आयोजना तयार पारेको थियो ।

पीडीए हुने चरणमा रहेका आयोजनाहरूको सूचीमा चीन–नेपाल फ्रेण्डसीप इन्डष्ट्रियल पार्क अग्रस्थानमा थियो ।

अप्पर मस्र्यांदी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी वृद्धि परियोजना पीडीएका लागि छानिएका अन्य आयोजना थिए ।

बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update