Public Pana
इलाम अपडेट : एमाले र कांग्रेसको मतान्तर २८५३

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायम रहेको छ ।

प्राप्त पछिल्ला मत परिणामअनुसार सुहाङले ९ हजार ४८४ मतका साथ अग्रता कायमै राखेका हुन्। कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङभन्दा २८५३ मतले पछाडि परेका छन्।

कांग्रेसका खड्काले ६ हजार ६३१ मत ल्याएका छन्।

यस्तै, तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५ हजार ९५१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १४०१ मत पाएका छन्।

इलाम क्षेत्र २ अन्तर्गत अहिले माङसेबुङको मतगणना भइरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update