Public Pana
बझाङ मतगणनाः ४ पालिकाको गणना सकियो, कांग्रेस अघिअघि, पछ्याउँदै एमाले

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह अग्रस्थानमा छन्।  

पछिल्लो मतपरिणाम अनुसार उनले २६४ मतान्तरले अग्रता कायम राखेका छन्।  

जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंह ७ हजार ४९२ मत मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मतसहित पछ्याइरहेका छन्। 

माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा २ हजार ८९५ मत सहित तेस्रो स्थानमा छन्। नेकपा एकीकृत समाजवादका उम्मेदवार दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update