Public Pana
बझाङमा अग्रता बढाउँदै एमालेका भण्डारी

बझाङ- बझाङ- १ को प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई ६७७ मतले पछाडि पारेका छन्।

आइतबार राति सार्वजनिक गरिएको मत परिणाम अनुसार एमालेका उम्मेदवार भण्डारीले ३ हजार ४९७ मत पाएका छन्। त्यस्तै नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२० मत ल्याउँदै भण्डारीको पछिपछि छन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update