Public Pana
इलाम-२ अपडेट: सुहाङ अघिअघि,  पछ्याउदै डम्बर

 इलाम-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का उनको पछिपछि छन्।

आइतबार राति सार्वजनिक मतपरिणाम अनुसार एमालेका नेम्वाङले ४ हजार ४९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्काले ३ हजार १६० मत पाएका छन्। 

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ७०३ मत ल्याएर तेस्रो स्थानमा कायम छन् भने रास्वपाका मिलन लिम्बु ५३४ मतका साथ चौथो स्थानमा छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update