Public Pana
 बझाङ–१ मा ५० प्रतिशत मतदान, मतगणना भोलिमात्रै 

काठमाडाै- बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा करिब ५० प्रतिशतले मतदान गरेका छन्।
शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशतले मतदान गरेको विवरण प्राप्त भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए। 
उनका अनुसार त्यहाँको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। 
यहाँको मतगणना भने आइतबार मात्रै हुने पनि उनले जानकारी दिए। मतपेटिका ल्याउन समय लाग्ने भएकाले आइतबार बिहान १० बजेदेखि मतगणना गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए।
यहाँको विकट क्षेत्रको मतपेटिकाहरू हेलिकप्टरमा ल्याउने तयारी भइरहेको छ। अहिले पानी परेकाले मतपेटिका ओसार्ने काम प्रभावित बनेको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update