Public Pana
वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक प्रतिस्पर्धा, कप्तान पौडेलको शतकीय इनिङ्समा नेपाल चार विकेटले विजयी 

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’बीचको पाँच टी–२० खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ। 

निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टिमले बलियो वेस्टइन्डिज ‘ए’ माथि चार विकेटको रोमाञ्चक जित निकाल्यो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले उत्कृ्ष्ट शतकीय इनिङ्स खेले।

४७ बलमा शतक प्रहार गरेका कप्तान पौडेलले आउट हुनुअघि ५४ बलमा ११२ रन जोडे। उनले जम्मा १० चौका र ६ छक्का प्रहार गरेका थिए। 

टियु क्रिकेट मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन बनाएको थियो। 

२०५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पछ्यायो र पहिलो जित हासिल गर्‍यो। 

नेपालका लागि कप्तान पौडेलपछि दिपेन्द्र सिंह ऐरीले २४ ४रन जोडे। यस्तै कुशल भुर्तेलले १६ रन जोड्दा गुलशन झाले ८, विवेक यादवले ७, अनिल शाह र प्रतिश जिसीले ५/५ रन जोडे। 

वेस्टइन्डिजका लागि म्याथ्यू फ्रोड ओबे म्याककोयले दुई/दुई विकेट लिँदा किमो पौलले एक विकेट लिए। कुशल मल्ल भने रनआउट भएका थिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाएका थिए। उनले उक्त रन ९ चौका र दुई छक्काको मद्दतले बनाएका हुन्। यस्तै एलिक अथानाजले ४७ बनाउँदा केसी कार्थीले ३८, कदीम अलाइनीले १४ तथा आन्द्रे फ्लितचरले १३ रन बनाए।

नेपालका लागि कमलसिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनास बोहोराले एक/एक विकेट लिए। टस जित्दै नेपालले पहिला फिल्डिङ रोजेको थियो। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update