Public Pana
राैतहट बमकाण्ड : कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद हुने फैसला

 जिल्ला अदालत रौतहटले  नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको  सजाय हुने फैसला  सुनाएको छ । 

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हाे ।   श्रेस्तेदार उद्धव ढोडारीका अनुसार उनीहरुकाे मुख्यदाेष देखिएकाले दाेषी ठहर गर्ने  फैसला सुनाएकाे हाे ।


रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई ज्यूदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । उनीहरुले घटना भएको समयमा प्रचलित मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय हुने छ । 

त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको  छ । पक्राउ परेका दिन उनीहरु विरुद्ध पून मुद्दा शुरु हुने छ  । आलम पूर्पक्षका लागि थुनामा रहेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update