Public Pana
 हमासले सार्वजनिक गर्‍यो बन्धकहरुको नयाँ भिडियो

काठमाडाै-प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।

भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् । 

भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, "त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासि आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफूलाई चोटका कारण जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेको भेटेँ ।"

यद्यपि, भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्ररूपमा पुष्टि गर्न सकेको छैन ।

यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो ।

गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update