Public Pana
अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो।  

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा थियो।  

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७१ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५२ पैसा थियो। 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update