Public Pana
भ्रष्टाचारी ठहर काग्रेस सा‌सद गुरुङकाे निलम्बन फूकुवा

नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।

सर्वाेच्च अदालतकाे आदेशलाई आधार देखाउदै स‌सद सचिवालयले उनकाे निलम्बन फुकुवा गरेकाे हाे । महासचिव पाण्डेयले सर्वोच्च अदालतको आदेशबमोजिम सूचना जारी गरिएको उल्लेख छ ।

भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनी संघीय संसद् सचिवालयबाट जारी सूचना बदर गरिदिएका थियाे ।

विशेष अदालतवाट भ्रष्टाचार मुद्दामा गुरुङ मतियार ठहर भएका थिए । उनकाे हकमा कैद ठहर भएकाे थिएन भने जरिवाना गरिएकाे थियाे । उक्त मुद्दा सर्वाेच्च अख्तियारले पुनरावेदन गरेपछि गुरुङले निलम्बन फूकुवा हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।

उक्त रिटमा सर्वाेच्चले निलम्बन गरिराख्ने निर्णय गैरकानुनी भएकाे ठहर गरेकाे थियाे । सर्वाेच्चकाे पत्र पुगेपछि स‌सद सचिवालयले उनकाे निलम्बन फुकुवा गरेकाे हाे ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update