Public Pana
प्नधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।

गठबन्धनमा रहेको एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update