Public Pana
आज लोकतन्त्र दिवस मनाइँदै

आज बैसाख ११ गते, लोकतन्त्र स्थापना भएको दिन । १९ दिनसम्म चलेकाे जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।

नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको दाेस्रो जनआन्दोलन नेपालको राजनीति यात्रामा महत्वपूर्ण मानिन्छ।

तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएकाे यो आन्दाेलनकाे जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गरिएको थियो। तत्काल‍ीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए।

७ दल र सशस्त्र संघर्षरत माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएकाे थियाे। आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले ०६३ बैसाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए।

२०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेकाे थियाे। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेकाे थियाे। २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएकाे हाे।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update