Public Pana
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित

काठमाडौं-जारी आइपीएलअन्तर्गत सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।यशस्वी जैसवालको शतकमा राजस्थानले मुम्बईमाथि सहज जित निकालेको हो । 

मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । राजस्थानका यशस्वीले सर्वाधिक १०४ रन बनाए । ६० बल खेलेका उनले ७ छक्का र ९ चौका प्रहार गरे । यस्तै जोस बट्‍लरले ३५ तथा सन्जु सामसनले ३८ रन बनाए । मुम्बईका लागि पियुश चावलाले १ विकेट लिए । 

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव १० र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए। 

 

 

 

राजस्थानका लागि सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए ।यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १-१ विकेट लिए।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update