Public Pana
अर्थमन्त्रालयमा मधुको सरुवा, पुष्कर प्रधानमन्त्री कार्यालय तानिए

 

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मधु मरासिनीलाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिव बनाएको हो ।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो ।  उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।

आफुलाई अलि बढी जान्ने सुन्ने ठान्ने पुष्करसँग अर्थमन्त्रीलाई काम गर्न असहज भएपछि उनको सरुवा भएको अर्थकै अधिकारीहरु बताउछन् ।

मन्त्रिलाई समेत नटेर्ने र आफु अनुकुल काम गर्ने शैलीबाट आजित भएका मन्त्रीले उनको ठाँउमा मरासिनीलाई राजेका हुन । यसअघि आफ्नो निर्देशनलाई अवज्ञा गर्दै अमेरिका भ्रमणमा गएपछि मन्त्री पुन सचिव पुष्करसँग असन्तुष्ट थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update